Tuesday 23rd December 2025

आमाको दूध पिउँदा १ वर्षकी छोरीको मृत्यु, कारण थाहा पाउँदा सबै चकित !

7 years अगाडी

१ वर्षसम्म यी बालिकाले जुन आमाको दूध पिएर हुर्किरहेकी थिइन् त्यही दूध उनको लागि विष बन्यो । आमाको दूध पिउनासाथ ती बालिकाको मृत्यु भएको छ । घटना भारतको राजस्थानको भरतपुरको भएको बताइएको छ ।

भरतपुरकी नन्दिनी नामकी ती महिलालाई एक विषालु सर्पले टोकेको थियो । हतारहतार परिवारले उनलाई अस्पताल लिएर गए तर डाक्टरले उपचार गर्न मानेनन् । त्यसपछि परिवारले उनलाई झारफुक गर्नेकहाँ लिएर गए ।

यही क्रममा नन्दिनीकी १ वर्षकी छोरी रुन थालिन् । त्यसपछि छोरीलाई फकाउनको लागि नन्दिनीले आफ्नो दूध खुवाइन् । दूध पिउनासाथ बालिकाको मृत्यु भयो । केही समयमै आमाको पनि मृत्यु भयो ।

          July 28, 2018 12:36 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...