Wednesday 1st April 2026

बलात्कार गरी हत्या गर्ने दोषि लाई कारवाही गर्न माग

8 years अगाडी

नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्तले माग गर्नुभएको हो ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कडा कारवाही गरिनुपर्नेमा जोड दिनुभयो ।

दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन् । केही दिन पहिले १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा फेला परेको थियो ।सांसद डिला संग्रौला, तेजुलाल चौधरी र दीपकप्रसाद भट्टले तत्काल दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न आग्रह गर्नुभएको हो ।

सांसद नीरुदेवी पालले पनि तीन दिन पहिले बलात्कार गरी हत्या गरिएकी पन्त परिवारलाई क्षतिपूर्ति दिन र पीडकलाई सर्वस्वसहित कडा कारवाही गर्न माग गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडुले अभियुक्तलाई अझै कारवाही हुन नसकेकामा आपत्ति जनाउँदै शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गर्नुभयो । सांसद प्रमिला राईले महिला एवम् बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको हो ।

सांसद बालकृष्ण खाँडले महंगी नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराउनुभयो । शून्य समयमा देवप्रसाद गुरुङ, देवप्रसाद तिमिल्सिना, नन्दलाल रोकाया क्षेत्री, नवराज रावत, नवराज सिलवाललगायतले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

          July 29, 2018 2:46 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...