चेल्सीले माग गरेको हाजार्डको मुल्य सुनेर रियल आश्चर्यचकित
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १३ साउन । पिएसजीका स्टार खेलाडीहरु काइलिएन एमबाप्पे र नेयमारले आउन चासो नदेखाएपछि हाजार्डलाई अनुबन्ध गर्न खोजको रियल मड्रिडलाई चेल्सीले ठुलै झट्का दिएको छ ।
हाजार्डलाई रियलमा अनुबन्ध गर्न रियलले पछिल्लो समय ठुलै लबिङ गरिरहेको छ । चेल्सीले आफ्ना स्टार खेलाडीको मूल्य पनि महत्त्वकांक्षी नै राखेपछि रियलले यतिखेर किन्ने कि नकिन्ने दोधारमा रहेको छ ।
मिडिया रिपोर्टका अनुसार मिडियाका अनुसार चेल्सीले आफ्ना मुख्य हतियारका लागि रियलसँग २ सय मिलियन पाउन्डभन्दा बढी मूल्य माग गरेको छ । रियलले हाजार्डका लागि १ सय ३० देखि बढीमा १ सय ५० मिलियनसम्मको मात्रै तयारी गरेको बताइएको थियो ।तर, चेल्सीको रियलको योजनाभन्दा निकै ठूलो रकम हाजार्डका लागि माग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
July 29, 2018 3:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...