दीपिका, प्रियंकापछि ‘बाहुबली’ हिरोइन तमन्नाको विवाह पक्का !
एजेन्सी: अहिले बलिउडमा विवाहका लहर चलेको छ । हालै रणवीर सिंह र दीपिका पादुकोणको विवाहको खबर आए लगत्तै प्रियंक चोपडाको विवाहको खबर आएको थियो । प्रियंकाले विवाह कै कारण सलमान खानको आगामी फिल्म ‘भारत’ छोडेकी छन् । उनले चाँडै विवाह गर्ने बताइएको छ ।

प्रियंकाका साथै अर्की एक नायिकाको समेत विवाहको खबर आउको छ । ‘बाहुबली’ हिरोइन तमन्ना भाटियाले समेत विवाह गर्न लागेकी हुन् । उनले एक डाक्टरसँग विवाह गर्ने खबर यसअघि नै आइरहेको थियो । अहिले भने तमन्नाले सामाजिक संजाल मार्फ यो कुराको पुष्टि गरेकी छन् ।

‘म अहिले पनि सिंगल छु र मेरा माता पिताले केटा हेरिरहुनभएको छैन,’ उनले लेखेकी छन्, ‘कुनै दिन एक्टर, फेरी क्रिकेटर र डाक्टर । यी अफवाहलाई हेर्दा म पति खरिद गर्न गइरहेको छु झैं लाग्छ । तर मलाई मायामा रहन मन पर्छ । तर निराधार खबरलाई बढवा दिन हुँदैन । यो मेरो जिन्दगी हो । म अहिले पनि खुसीसाथ सिंगल छु ।’
उनी अफेयरलाई लिएर पहिले पनि चर्चामा रहेकी थिइन् । तमन्ना र विराट कोहलीबीचको अफेयरको खबर पनि कुृनै समय चर्चामा थियो ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी