विमान चालक ‘पाईलट’ पनि मापसेमा परेपछि..!
खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स(यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ। एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।
फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे।
तर उनको हिँडाइ र बोलाइ लरबरिएको र असामान्य थियो।
आजकोनागरिक दैनिकमा यो खबर छ, विमानस्थलमा काम गर्ने फ्लाई दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’हरूले जहाजको कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने भन्दै निवेदन दिन्छन्।
त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाई दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीकहाँ पुग्छन्।
सबै कुरा बुझेपछि क्षेत्री उड्डयन सुरक्षा नियमअनुसार कारबाही अघि बढाउन निर्देशन दिन्छन्।
July 30, 2018 2:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ