Wednesday 1st April 2026

सामूहिक बलात्कार पछि गर्भवती बाख्राकाे मृत्यु, ८ जना पक्राउ

8 years अगाडी

काठमाडौं,  साउन । भारतको नयाँदिल्ली नजिकैको एक गाउँमा गर्भवती बाख्रालाई सामूहिक बलात्कार गरिएको छ । मादक पदार्थमा लठ्ठ आठ जनाको समूहले बाख्रालाई खोरबाट निकालेर सामूहिक बलात्कार गरेका थिए ।

नयाँदिल्ली भन्दा ४५ माइल दक्षिणमा पर्ने नु गाउँमा उक्त गर्भवती बाख्रामाथि बलात्कार भएको थियो । बाख्रा हराएपछि बाख्राधनी र छिमेकीले खोज्दै जाने क्रममा ती जड्याहाहरुले बाख्रालाई झाडीमा बलात्कर गरिरहेको अवस्थामा रंगेहात नै फेला परेका थिए । तीन जनालाई त कुटेको समेत स्थानीयलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ ।

बाख्रा भुइँमा ढलेको अवस्थामा फेला परेको थियो । उक्त बाख्रालाई घरमा ल्याई भेटनगरी डाक्टरबाट उपचार गराउँदा पनि घटनाको भोलिपल्ट बाख्राको मृत्यु भएको हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ । बाख्राधनी २७ वर्षीय अस्लुप खानले बाख्रा बलात्कारको घटनाबारे प्रहरीमा उजुरी दिएका छन् । घटनामा संलग्नहरु सबै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

          July 31, 2018 2:04 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...