Wednesday 1st April 2026

कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्दै

8 years अगाडी

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नेगरी विरोध प्रदर्शनसँगैको कोणसभाहरु आयोजना गरिएको कांग्रेसले जनाएको छ । सरकारका गतिविधिहरु अधिनायकवादउन्मुख भएको भन्दै कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रण सवालहरु विरोध प्रदर्शनमा उठाउने स्पष्ट पारेको छ । यसैबीच काठमाडौंमा भने कांग्रेसले आज शान्तिबाटीकाबाट जुलुस सुरु गर्दै भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभा गर्ने भएको छ ।

          July 31, 2018 2:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...