Wednesday 1st April 2026

९ महिनासम्म पनि बच्चा नजन्मिएपछि डरलाग्दो रहस्य तथ्य बाहिरीयो

8 years अगाडी

एजेन्सी । पेटमा बच्चा भएको भन्दै एक महिलालाई डाक्टरले ९ महिनासम्म उपचार गरे। तर ९ महिनासम्म पनि बच्चा नजन्मिएपछि डरलाग्दो रहस्य तथ्य बाहिरीयो। ती महिलाको पेटमा ९ महिनासम्म डाक्टरले बच्चा भनेर ट्युमरको उपचार गरिरहेका रहेछन्।यो सन् २०१६ मा भारतको तमिलनाडुमा भएको खबर हो। तमिलनाडुको एक सरकारी अस्पतालका डाक्टरहरुले महिलाको पेटमा पलाएको ट्युमरलाई गर्भ बसेको भन्दै उपचार गरेका थिए। गर्भवती भएको भन्दै चिकित्सकले ती महिलालाई गर्भावस्थामा खाने अनावश्यक औषधिहरु खान दिएका थिए।

पीडित महिलाले आफ्नो उपचारमा लापरवाही गरिएको भन्दै डाक्टरहरुलाई कारवाहीको माग गर्दै अदालतमा मुद्दा दर्ता गराएकी छिन्। उनले अदालत सामु पाँच लाख रुपैयाँ जरिवानासहित कारवाहीको माग गरेकी छन्।

के थियो घटना ? : महिनावारी अनियमित भएपछि ती महिला अस्पताल गएकी थिइन्। स्वास्थ्य जाँचपछि डाक्टरहरुले उनी गर्भवती भएको बताए। मार्च महिनामा अस्पताल पुगेकी उनलाई नोभेम्बर महिनामा बच्चा जन्मिने मिति पनि दिइयो। तर, बच्चा जन्मिने समय आए पनि उनलाई प्रसव पीडा भएन।

त्यसपछि ति महिला फेरि अस्पताल पुगिन्। डाक्टरहरुले भिडियो एक्सरे गरेर बच्चा ठीक भएको बताए र अझै केही दिन पर्खिन भने। २१ नोभेम्बरमा उनलाई एकदमै पेट दुख्यो। त्यसपछि उनलाई अस्पताल भर्ना गरियो। त्यतिबेला बल्ल डाक्टरहरुले उनको पेटमा बच्चा नभएर ट्युमर भएको बताए। यी सबै विवरण खुलाएर उनले मद्रास उच्च अदालतमा मुद्दा दर्ता गराएकी हुन्।

          July 31, 2018 3:44 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...