राज्यको उपल्लो तहमा पुग्ने कुन्डली लिएर १४ साउनमा जन्मिएका थिए हिमानीका छोरा हृदयेन्द !
३ वर्षको छँदै ‘बेबी किङ’का रूपमा चर्चित पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह तन्नेरी भएका छन् । सोमबारदेखि उनी १७ बर्षका लागे । बलियो राजयोग लिएर जन्मिएका हृदयेन्द्र आजभोली ज्ञानेन्द्रजस्तै आमा पूर्वयुवराज्ञी हिमानी शाहसँग धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् । गणतन्त्र स्थापनापूर्व राजतन्त्र रहने कि नरहने भन्ने बहस चलिरहेका बेला तत्कालिन प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाले हृदयेन्द्रलाई बेबी किङ बनाउन सकिन्छ भन्ने अभिव्यक्ति दिएका कारण आलोचना पनि भएको थियो । राष्ट्रप्रमुखकै हैसियतमा रहेका कोइरालाको वात्स्यायनले ‘सिनो राजतन्त्र’ बोकेको कार्टुन बनाएर सांकेतिक अलोचना समेत गरेका थिए ।
हृदयेन्द्रको गत वर्ष ब्रतबन्ध गरिएको थियो । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी पनि आशिश दिन पुगेकी थिइन् । हृदयेन्द्र उच्च माध्यमिक तहको शिक्षा आर्जन गरिरहेका छन् । बेलामौका अभिभावकसँग विभिन्न शक्तिपिठ धाउने भइसकेका छन् । केही महिनाअघि मात्र आमा हिमानी शाहसँग उनी गोरखाको मन्दिर दर्शनका लागि पुगेका थिए ।त्यसपछि हजुरबुवा ज्ञानेन्द्रसँगै पश्चिम नेपाल भ्रमणमा समेत पुगेका थिए । पारसपुत्र हृदयेन्द्र बाहिर निस्कँदा प्रायः कमिज सुरूवाल र नेपाली टोपीमा देखा पर्छन् । अघिल्लो साता आमा हिमानीसँग उनी पशुपतिलगायतका विभिन्न मठमन्दिरको दर्शन गर्न पुगेका थिए ।
‘उहाँमा दरबारभित्रको रहनसहन छ । दरबारले सिकाएको अनुशासनमा रहने गर्नुभएको छ’, निर्मल निवास स्रोतले भन्यो,‘मठमन्दिर भ्रमण पुजाआजामा धेरै रूची राख्नुहुन्छ । समाजसेवामा पनि लगनशिलता देखाउने बानी छ ।’ प्रायः बाहिर ननिस्कने उनी मिडियाको नजरमा खास समयमा मात्र पर्ने गरेका छन् । उनको मठमन्दिर धाउने बानीको प्रमाण हो, ब्रतबन्ध सम्पन्नपछि जिद्दि गरेर पुगेको– बसन्तपुरको अशोकविनायको मन्दिर । उनको एकल जिद्दिले त्यहाँ पुगेका थिए । गत वर्षको १७ चैतमा उनको ब्रतबन्ध भएको थियो । ज्योतिषिहरूका अनुसार हृदयेन्द्रको जन्म राज्यको उपल्लो तहमा पुग्ने योगका साथ भएको छ । २ सय ३७ बर्षको इतिहास बोकेको राजसंस्थाको अवशेषका रूपमा जन्मिए पनि हजुरबुवा ज्ञानेन्द्रकै कार्यकालमा नेपालबाट राजतन्त्र समाप्त भएपछि उनको राजा हुने योगमा राजनीतिक बादल लागेको थियो । तर ज्योतिषिहरू अझ प्रभावकारी ठाउँमा हृदयेन्द्र पुग्ने भविष्यवाणी गर्छन् ।
ज्योतिष पण्डित पद्मभक्त खरेलका अनुसार कृष्णपक्ष षष्ठी तिथिको अमृत समयमा जन्मिएका कारण उनको राजयोग छ । अर्थात्, राज्यको उपल्लो निकायमा उनी बस्नुपर्ने देखिन्छ । हृदयेन्द्र विस २०५९ श्रावण १४ गते (३० जुलाई २००२) मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२ बजेर ४९ मिनेटमा जन्मिएका थिए ।‘कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ बुधादित्यका कारण राज योगमा जन्म भएको छ’, खरेलले भनेका छन्,‘राजा हुने योग छ । यो शास्त्रीय प्रमाणको आधार हो ।’ हृदयेन्द्र जन्मेको बर्षको १८ असोजमा ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए । उनी दुई महिनाको हुँदा नै हजुरबुवाले तानाशाही शासन लागु गरेपछि उनको भाग्यमा दोष आउने संकेत देखा परेको थियो । जसका कारण ०६२÷६३ को जनआन्दोलनले हृदयेन्द्र पुर्खाको सत्ता नामेट हुनेगरी जनआन्दोलन सफल भयो ।
चन्द्रमालाई राशि स्वामीको मित्र दृष्टि प¥यो भने धनवानको योग समेत ल्याएका हृदयेन्द्रको जन्म लग्न कुण्डलीअनुसार छैठौं भावमा कृष्ण पक्षको दिनको चन्द्रमा रहेकाले सबै अनिष्ठ नाश हुने शास्त्रीय प्रमाण रहेको खरेल बताउँछन् । ‘चन्द्रमा बसेको घर मीन राशि हो । मीन राशिको स्वामी बृहस्पति राज्यभावमा बसेर नवौं दृष्टिले पूर्ण देखेको हुँदा योगले राजा नभई छोड्ने छैनन् भन्छ’, खरेलले भनेका छन् । हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ४ ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरे । पृथ्वीनारायण शाहको ६ वटा ग्रह थियो । ‘पृथ्वीनारायण शाहले जन्मिदै एउटै घरमा ६ ग्रह लिएर जन्मिबक्सेकाले त्यो प्रबज्या योगले पुरूषार्थ गरेर देखायो । यस्तै हृदयेन्द्रकोे हकमा पनि लागू हुने देखिन्छ ।’, उनले भनेका छन्,‘ प्रबज्या योगको प्रबल योग बनेर पनि पृथ्वीनारायण शाह एकीकरणका महापुरूष राष्ट्र निर्माता किन भए त भन्दा जन्मलग्न कुण्डलीको ६ ग्रहका साथ पञ्चमभावमा रहेको बृहस्पतिले लग्नलाई नवम पूर्ण दृष्टिले देखेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएर गए ।’
हृदयेन्द्रको जन्म लग्न कुण्डलीको दशम् केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हँुदा सबै अरिष्टहरू नाश भएका छन् । दशमभावमा रहेका ४ ग्रह मध्ये ३ ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन् । दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई सुरवीर गराउँछ । गणतन्त्र सँगै मुलुक संघात्मक प्रणालीको अभ्याससहित कम्युनिस्ट बहुमतको केन्द्र सरकार रहेका बेला राजसंस्थाको परिकल्पना नै गलत सावित हुनेजस्तो देखिएको छ । तर ज्योतिषहरूले यो राज्यप्रणालीमा भए पनि हृदयेन्द्रको भविष्यको सुनौलो सिंहाशन टाढा नरहेको दाबी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रको भन्दा पनि बलियो योग लिएर आएको उनको जन्मदिनमा समेत बताइयो ।
August 1, 2018 10:41 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :