चटपटे र पानीपुरी खान नपाइने
साउन । पानीपुरी र चटपटे भन्ने वित्तिकै मुखै रसायो ? अचेल सानो लगानीमा पनि मनग्य आम्दानी हुने व्यापार हो पानीपुरी र चटपटे । ठेलामा, पसलमा जहाँ पनि यसको व्यापार गर्न सकिन्छ । तर भारतको गुजरात राज्यको वडोदरामा भने पानीपुरीमाथि प्रतिबन्ध लगाइएको छ । त्यहाँको जिल्ला प्रशासनले चटपटे र मसालायुक्त पानीपुरीमा प्रतिबन्ध लगाएको एक हप्ता हुन लागिसक्यो ।पानीपुरीलाई गोलगप्पे, टिकिया र पुच्काका नामले चिनिने यसलार्इ बनाउन प्रयोग गरिने अखाद्य सामाग्रीका कारण राेग फैलिन सक्ने भन्दै त्यहाँकाे प्रशासनले यसकाे विक्रीवितरणमा राेक लगाएकाे हाे ।गत विहीबारदेखि सुरू गरिएकाे प्रतिबन्धपछि वडोदरा नगरपालिका कर्पोरेसनका अधिकारीले पानीपुरी बेच्नेहरुले लगाएको स्टल हटाएर खाद्य सामग्रीलाई नष्ट गरिदिएका छन् ।
महानगरपालिकाका मेडिकल डिभिजनले शहरको वारसिया, खोडियारनगर र नवायार्ड समेत करिब स्थानमा यो कारबाही चलाएको छ । यस क्रममा ठूलो मात्रामा मैदाको सानो रोटी, आलू, तेल र यसलाई बनाउन प्रयोग गरिने सामान नष्ट गरिएको छ । अधिकारीका अनुसार पानीपुरी बनाउन रेडिमेड सामान बनाउने कयौँ स्थान रहेका छन् जहाँबाट यि सामाग्री किनेर सर्वसाधरणलाई बेचिन्छ । पानीपुरीका सामान बनाउन कमसल तेलसँगै सडेको आँटा–मैदाको उपयोग गरिने गरेको पाइएको छ । यसका अलावा जहाँ पानीपुरीको सामान तयार गरिन्छ त्यहाँ धेरै फोहोर भेटिएको छ। स्वास्थ्य अधिकारीलाई उधृद गर्दै लेखिएका समाचार अनुसार मनसुन चलेका बेला यस्ता खानेकुराले मानिस बिरामी हुने जोखिम अत्याधिक हुन्छ । पानीपुरी र चटपटेका कारणले केही मानिसमा जन्डिस भएका घटना पनि सार्वजनिक भएका छन् ।
August 1, 2018 10:46 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना