८ वर्षपछि एउटै फिल्ममा अभिषेक र ऐश्वर्या !
एजेन्सी । बलिउडका निर्माता निर्देशकहरु श्रीमान-श्रीमतीलाई एउटै फिल्ममा हिरो-हिरोइन बनाउन हिच्किचाउने गर्छन् । यसो गर्दा फिल्मप्रति दर्शकहरुको क्रेज घट्ने उनीहरुको सोचाई हुन्छ । सायद यही भएर हुनुपर्छ अभिषेक बच्चन र ऐश्वर्या रायले लामो समयदेखि एउटै फिल्ममा अभिनय गर्न पाएनन् । आठ वर्ष अगाडि उनीहरु फिल्म ‘रावण’ मा सँगै काम गरेका थिए । मणि रत्नम निर्देशित यो फिल्म फ्लप भएको थियो । त्यसयता उनीहरुलाई कुनै निर्माताले एकसाथ लिएनन् ।
तर, अब चाँडै उनीहरुलाई एउटै फिल्ममा देख्न सकिने भएको छ । फिल्म ‘गुलाब जामुन’ मा आफूहरुले एकसाथ काम गर्न लागेको ऐश्वर्याले एक अन्तरवार्तामा पुष्टि गरिन् । ‘हो हामी आठ वर्षपछि सँगै फिल्म खेल्दैछौं र निकै उत्साहित छौं,’ उनले भनिन् ।
ऐश्वर्याका अनुसार उनीहरुलाई यो फिल्मको अफर डेढ वर्ष अगाडि नै आएको थियो । तर, दुवैजना आआफ्नो प्रोजेक्टमा विजी भएकाले स्वीकार्न सकेका थिएनन् । यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा छ । त्यसपछि दुवैजना ‘गुलाब जामुन’ मा केन्दि्रत हुनेछन् ।
August 1, 2018 11:11 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :