Tuesday 23rd December 2025

उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु

7 years अगाडी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाँचपोखरीमा केबुलकार सञ्चालन हुने भएको छ । केबलकार सञ्चालन गर्ने पहिलो प्रयास अन्तर्गत प्रारम्भिक प्रतिवेदन तयार गरिएको छ । पाँचपोखरी थाङ्पालधाप गाउँपालिकामा पर्ने भोताङको छिम्ती देउरालीबाट लौरीविनायकसम्म केबुलकार सञ्चालनमा ल्याइनेछ । यसको लम्बाइ साढे ६ किमी हुने प्रतिवेदनमा उल्लेख छ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने समेत प्रतिवेदनले जनाएको छ ।

पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १ ५१ मिटरको उचाइमा पर्दछ । केबुलकार निर्माण गर्न दुई अर्ब लगानी लाग्ने अनुमान छ । त्यसका लागि एक घर एक शेयरको अनिवार्य व्यवस्था गरिने गाउँपालिका र निजी कम्पनीलाई आह्वान गरिने केबुलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो । उहाँका अनुसार पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपेयाँ बजेट छुट्याइएको छ ।

प्रारम्भिक प्रतिवेदन पछि विभिन्न केबुलकार प्रदायक कम्पनीसँग सम्पर्क गरिएको र विशेष गरी कुमारी बैंकले लगानीको लागि रुची देखाएको गाउँपालिकाका प्राविधिक सहायक कुमार बस्नेतले जानकारी दिनुभयो । हरेक वर्षको जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने पाँचपोखरीमा यसपालीदेखि पोखरी क्षेत्रमै व्यवस्थित होटलहरु पनि सञ्चालनमा आएका छन् ।

          August 1, 2018 11:17 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...