Wednesday 1st April 2026

आज विश्व स्तनपान दिवस : आजै देखि स्तनपान सप्ताह पनि शुरु

8 years अगाडी

काठमाडौं, १६ साउन । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । सन् १९९० मा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको पहलमा विश्व स्तनपान सप्ताह मनाउने घोषणा गरिएको थियो ।

‘स्तनपान जीवनको आधार’ भन्ने नारासहित यस वर्ष पनि यो दिवस नेपालसहित विश्वभर मनाइँदै छ । नेपालका विभिन्न अस्पताल, स्वास्थ संस्थामा आजदेखि साउन २२ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइने भएको छ ।

स्तनपानको महत्वबारे सचेत गराउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउन जोड दिन र सुनौला हजार दिन अन्तर्गतका आमाहरूलाई स्तनपान नगराउनुका बेफाइदालगायत विषयमा जनचेतना दिन यो सप्ताह मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

          August 1, 2018 1:06 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...