महोत्तरीमा खान लागेको समोसामा भ्यागुतो भेटिएपछि होटल संचालक पक्राउ !
महोत्तरीमा समोसा भित्र भ्यागुतो भेटिएको छ । गौशाला बजारस्थित श्री शिव मिष्ठान भण्डारबाट ल्याएको समोसामा भ्यागुतो फेला परेको हो । एक कार्यक्रममा खाजा खान ठिक्क परेका सहभागी र पत्रकारले इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । पसलका संचालक ३० वर्षीय धवेन्द्र साहलाई मंगलबार बेलुका नै प्रहरीले पक्राउ गरी सोधपुछपछि उद्योग वाणिज्य संघ गौशाला पदाधिकारीका रोहबरमा छोडेको थियो ।
इलाका प्रहरी कार्यालय गौशाला इन्स्पेक्टर भोला भट्टले कारवाही गर्ने अधिकार आफुसँग नभएकाले जमानतमा छोडिएको बताए । अखाद्य वस्तुको अनुगमन र निरीक्षण गर्ने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग रहेको समेत उनले स्पष्ट पारे । उद्योग वाणिज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झाले उपभोक्तालाई पैसा लिएर विक्री गरेको समोसा भित्र भ्यागुतो भेटिनु ठूलो लापरवाही रहेको बताएका छन् । पसलका सञ्चालक साहले घटना दुर्घटनावस भएको भन्दै माफी मागेका छन् ।
August 2, 2018 11:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै