Monday 22nd December 2025

करिना कपूरसँग रोमान्स गर्दै अक्षयकुमार

7 years अगाडी

काठमाडौं: अक्षयकुमारको आगमी फिल्मको नाम टुंगो लागेको छ । भारतीय मिडियाका अनुसार धर्मा प्राडक्शनको व्यानरमा ‘गुड न्यूज’ बन्न लागेको छ फिल्ममा अक्षयकुमारले करिना कपूरसँग रोमान्स गर्ने भएका छन् । फिल्मलाई राज मेहताले निर्देशन गरेका छन् । यो फिल्मबाट नै उनले निर्देशनमा डेब्यू गर्नेछन् । फिल्ममा कियारा आडवाणी र दिलजित दोसांझ समेत हुनेछन् ।

फिल्ममा करिना–अक्षय विवाहित जोडीकारुपमा हुनेछन् । उनीहरुका सन्तान भने हुनेछैनन् । यो फिल्म दुई जोडीको कहानीमा आधारित हुनेछ । फिल्म विवाहित जोडीका समस्याका बारेमा केन्द्रीत हुने बताइएको छ । फिल्मको कन्टेन राम्रो भए फिल्म रेडर्कब्रेकर हुन सक्ने अनुमान गरिएको छ । एजेन्सी

          August 2, 2018 11:53 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...