अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने
काठमाडौँ । देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ। विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो।
औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार्षिकरुपमा कारोबारको विवरण अनलाइनमार्फत् पेश गर्न सकिने प्रावधानअनुसार विभागले सबैलाई वेभसाइटमा रहेको फारम भरेर अनलाइनमार्फत् विवरण पेश गर्न आग्रह समेत गरिसकेको छ।
विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भने, “अनलाइनमार्फत उद्योग विवरण पेश गर्दा कति उद्योग सञ्चालनमा आएका छन्, के कस्ता वस्तुको उत्पादन तथा सेवा उपलब्ध भइरहेका छन् भन्नेलगायतका अद्यावधिक तथ्यांक विभागलाई उपलब्ध हुने हुँदा आगामी दिनमा रणनीति बनाउन सहज हुनेछ।”
तोकिएको समयमा विवरण पेश नगर्ने लघु उद्योगीलाई प्रतिवर्ष रु पाँच हजार, घरेलु उद्योगलाई रु १० हजार, साना उद्योगलाई रु २० हजार, मझौला उद्योगलाई रु ४० हजार र ठूला उद्योगलाई रु ५० हजार जरिवाना गरिने विभागले जनाएको छ।
August 2, 2018 12:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै