Wednesday 1st April 2026

अमेरिकामा ओली सरकारविरुद्व ज्ञापनपत्र

8 years अगाडी

न्यूयोर्क, १७ साउन। नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको अधिनायकवादी, जनविरोधी र असंवैधानिक कृयाकलापको विरुद्वमा भन्दै न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयमा पुगेर वाणिज्य दूत पुष्पकुमार भट्टराईमार्फत ओली सरकारलाई सांकेतिक विरोध स्वरूप ज्ञापनपत्र बुझाइएको छ।नेपाली जनसम्पर्क समितिका सभापति एवं नेकाका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्वाङको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको भ्यानाकर्षण गराउन उक्त विरोधपत्र बुझाएको हो।

उक्त ज्ञापन पत्रमा सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमा गरेको अन्यायपूर्ण राज्यआतंक, अनियन्त्रित बजार मूल्यवृद्धि तथा विभिन्न संवैधानिक निकायमा भएको सरकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिका माथि गरेको ठाडो आक्रमण लगायत संविधानको मर्म र भावनालाई मिचेर गरेका निर्णय, व्यवहार र सरकारी नितिको नेपाली जनसम्पर्क समिति अमेरिकाले घोर निन्दा र विरोध गरेको छ । ज्ञापन पत्र बुझाउने टोलीमा संस्थाका केन्द्रीय सचिव भोजराज थोकर, केन्द्रीय सदस्य सुवास लामा, न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना, उपसभापति अमर तामांग, सदस्य उमेश थापा, शिव वानीयाँ, संस्थाका सल्लाहकार आंगदावा शेर्पा, महिलासंघका केन्दीय सदस्य राजन विश्वाकर्मा लगायत थिए ।

          August 2, 2018 2:50 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...