Tuesday 23rd December 2025

कति छ गल्फ खेलाडी टाइगर उडको सम्पत्ति

7 years अगाडी

काठमाडौँ, १८ साउन । अरु खेलभन्दा गल्फ खेललाई विशेष रुपमा लिने गरिन्छ । प्राय मानिसहरु गल्फ खेललाई धनी मानिसहरुले खेल्ने इलिट खेलको रुपमा चिन्ने गर्छन् । तर, विश्वमा यो खेल पनि सबैभन्दा धेरै खेलिने खेलमा यो खेल पनि पर्ने गरेको छ ।

यसै खेलबाट टाइगर उड विश्वभर चर्चित भए भने अथाहा सम्पत्ति पनि कमाए । अरु खेलमा झै यस खेल खेल्ने खेलाडीहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । अमेरिकन गल्फर युरोपियन टुर्स र पिजिए टुर्समा सहभागी रहेका छन् ।

उनले ४० युरोपियन टुर्स टाइटल र ७९ पिजिए टुर्स टाइटलमा उनले सफलता पाएका छन् । उनले १९९७, २००१, २००२ र २००५ मा सम्पन्न भएको मास्टर टोर्नामेन्टमा जित हासिल गरेका थिए । सन् १९९९, २०००, २००६, २००७ मा भ भएका पिजिए च्याम्पियन्समा पनि जित हात पारेका थिए । उनको कुल आम्दानी ८३ मिलियन अमेरिकी डलरभन्दा धेरै रहेको छ । उनले डडोर्समेन्टबाट मात्रै ७१ मिलियन अमेरिकी डलर कमाएका थिए ।

          August 3, 2018 10:38 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...