दुई वर्षीया भतिजीसहित दाईको परिवारै सखाप पार्ने भाइ पक्राउ
सप्तरी, साउन । नागरिकतासम्बन्धी विवादका कारण दुई वर्षीया भतिजीसहित दाईको परिवारै सखाप पार्ने भाईलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकी फालिएको बेचनीदेवी साहको शवलाई प्रहरीले फेला पारेको छ । उनीसँगै बेपता भएका उनका पति सूर्यनारायण साह र छोरी प्रतिभालाई समेत उनका देवर पञ्चदेव साहले हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलनको आयोजना गरी हत्यारा पञ्चदेव साहलाई सार्वजनिक गरिएको छ । उनले दाइ सूर्यनारायण, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सूर्यनारायण र भाउलाई रक्सी खुवाएर उनीहरुको हत्या गरेका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।बेचनीदेवीको परिवारको हत्या गरी राजविराज नगरक्षेत्रमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले बताए ।
नागरिकताको विषय र पुरानो रिसइबीका कारण देवर पञ्चदेव साह र छोरा धर्मेन्द्र साह तथा स्थानीय जिवछ साहसहितले उनीहरुको हत्या गरी बोरामा हालेर नहरमा गाडेका थिए ।साउन ७ गते पक्राउ परेका हत्यामा संग्लगन रहेका प्रतिवादी पञ्चदेव, धर्मेन्द्र र थापा भनिने जिवछ साहबाट अनुसन्धानका क्रममा हत्या गरेको खुल्न आएको हो । प्रतिवादीहरूलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतवाट म्याद थप गरी अनुसन्धान कार्यसमेत थालिएको सप्तरी प्रहरी प्रमुख सिंहले बताए ।
August 3, 2018 10:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै