Thursday 2nd May 2024

कविता -झुक झुकाउ सिर स्वभाव उचाहीमा पुग्न लाई 

6 years अगाडी

कविता  

सबिना केसी- 

झुक झुकाउ सिर स्वभाव उचाहीमा पुग्न लाई 

झुक्न परेको छ त्यो मै हुँ भन्य अग्लो रुखलाई ।

झुक्दा मा पाहीन्छ जे पाहीदैन ठाडे ठाडो भई 

अमुल्य हिरा प्राप्त हुन्छ, झुकी समुन्द्रको तह मा गई ।।

 

झुक्दै मा सानो भइन्छ  भन्ने त्यो मूर्खको मुर्खाई ।

जान्य सधै झुक्छ्न अन्त्यष्टिकरणको सुस्म ज्ञानपाइ ।।

 

केही छैन तिम्रो यहाँ 

ब्यर्थै बिलाप किन गर्छौ ।

म,मेरो मलाई भनी किन मर्छौ

जन्मनु मर्नु यो त यक चक्र हो

तिम्रो कहाँ थीयो,जो गुमाय भनी नरोय भो ।।

यथार्थको पाटोमा केहि गर्दैन  धनले 

अन्ततः त्याग्नु पर्छ संसार सबैले ।

जस्ले बुजेको हुन्छ यस्लाइ उस्ले जीउन जान्छ

नबुझ्नेको मोह ,क्रोध, ईर्ष्या श्वास जान्छ ।।

          August 3, 2018 4:28 pm | साहित्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...