Wednesday 1st April 2026

तेह्रथुममा गर्भवती महिला स्वास्थ्य चौकी पुग्दा १० वटा अण्डा पाउने

8 years अगाडी

तेह्रथुम । स्थानीय म्याङलुङ नगरपालिका-९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ। गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो।

स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उनको भनाइ थियो।

एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ। चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा सदस्य हर्कमाया श्रेष्ठले बताए।

          August 4, 2018 11:56 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...