Monday 22nd December 2025

यी चर्चित दक्षिण भारतीय अभिनेत्रीहरु, जो दक्षिण भारतका होइनन् !

7 years अगाडी

एजेन्सी – बलिउडका महानायक अमिताभ बच्चनको साथमा काम गरिसकेकी अभिनेत्री तापसी पन्नु ३१ वर्षकी भएकी छन् । उनले गत अगष्ट १ तारिखका दिन आफ्नो ३१ औं जन्मदिन मनाएकी छन् । सन् १९८७ मा जन्मिएकी तापसी बलिउडमा पनि निकै एक्टिभ छन् । तापसीले तेलेगु फिल्म ‘झुम्मांडी’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । अभिनेत्री तापसीको अझैं पनि साउथ अभिनेत्रीहरुको पपुलर अभिनेत्रीहरुको लिष्टमा पर्छ । तापसी साउथ फिल्म उद्योगको निकै चर्चित अभिनेत्रीको नाम हो । तर रियलमा उनी दक्षिण भारतकी भने होइनन् । उनी नयाँ दिल्लीकी बासिन्दा हुन् ।

तापसी जस्तै दक्षिण भारतीय फिल्म उद्योगमा अन्य चर्चित अभिनेत्रीहरु पनि छन्, जो छुट्टै प्रान्त तथा ठाउँका छन् । जस्तै कुनै उत्तर प्रदेशका छन्, भने कुनै पंजाव, महाराष्ट्र, गोवा लगाएतका ठाउँहरुबाट छन् । यसै प्याकेजमा यस्ता अभिनेत्रीहरु पनि छन्, जसले छुटट्ै प्रदेशको हुँदा हुँदै पनि साउथ फिल्म उद्योगमा आफ्नो छुट्टै नाम कमाउन सफल भएका छन् ।

१. तापसी पन्नु (नयाँ दिल्ली : मोडलिङबाट अभिनेत्री बनेकी तापसी पन्नुले २०१३ मा रिलिजमा आएको फिल्म ‘चस्मे बद्दुर’बाट बलिउडमा डेव्यु गरेकी थिइन् । तापसीले ‘बेबी’, ‘शबाना’, ‘जुडवा’ लगाएतका बलिउड फिल्महरुमा काम गरिसकेकी छन् । उनले छिट्टै ऋषि कपुरको साथमा ‘मुल्क’ र अभिषेक बच्चनको साथमा ‘मनमर्जिया’ फिल्ममा देखिनेछन् ।

२. नमिता सुरत (गुजरात) : साउथकी अभिनेत्री नमिताको जन्म सन् १० मे १९८१ मा गुजरातको सुरतमा भएको थियो । नमिताले सन् २००२ मा तेलेगु फिल्म ‘सोथम’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले सबै भन्दा पहिले फिल्म ‘जैमिनी’मा साइन् गरेपनि ‘सोथम’ फिल्म पहिले रिलिज भएको थियो । यसपछि उनले ‘चाणक्य’, ‘कोवई ब्रदर्स’, ‘बिल्ला’, ‘इन्द्र’ लगाएतका फिल्महरुमा काम गरेकी छन् । सन् २००६ मा उनले बलिउड फिलम ‘लभ के चक्कर’ मा पनि काम गरिन् । सन्, २०१० मा उनकी फ्यानले नै तमिलनाडुको ऋचिमा किडन्यापको कोशिस गरेका थिए । नमिताले २०१७ मा निर्देशक विरेन्द्र चोधरीसँग विहे गरेकी छन् ।

३. हंसिका मोटवानी (महाराष्ट्र) : १० वर्षको उमेरमै ‘शाकालाका बुम बुम’बाट सानो पर्दामा इन्ट्री गरेकी तथा १६ वर्षको उमेरमै ठूलो पर्दामा कदम राखेकी अभिनेत्री हंसिका मोटवानीको जन्म सन् १९९१ मा मुम्बईमा भएको थियो । उनकी पिता प्रदीप मोटवानी व्यापारी हुन्, भने उनकी आमा डर्मेटोलोजिष्ट हुन् । सन् २००७ मा गायक बाट अभिनेता बनेका हिमेश रेशमियाको फिल्म ‘आपका सुरुर’मा एडल्ट रोलमा देखिएकी थिइन् । सो फिल्मकी अभिनेत्री हंसिका त्यतिवेला १६ वर्षकी थिइन् । उनको डेव्यु फिल्म फ्लप भयो । बलिडमा असफल अभिनेत्री हंसिकाले साउथ उद्योगमा भने उनी सफल भइन् । उनले कन्नाड, तमिल, तेलेगु लगाएतका २६ भन्दा बढी फिल्महरुमा काम गरिसकेकी छन् ।

४. इलियाना डिक्रुज (गोवा) : सन् १९८७ मा एक क्याथोलिक परिवारमा अभिनेत्री इलियानाको जन्म गोवामा भएको थियो । उनको मातृभाषा कोंकणी हो सुरुवातीको दिनहरुमा इलियानाले केही विज्ञापनमा काम गरेकी थिइन् । उनले सन् २०१२ मा अनुराग बासुको फिल्म ‘बर्फी’बाट बलिउडमा डेव्यु गरेकी थिइन् । यो फिल्ममा इलियानाको साथमा अभिनेत्री रणवीर कपुर र अभिनेत्री प्रियंका चोपडा पनि थिइन् । पछिबाट उनले फटा पोष्टर, निकलान निकला हिरो, मे तेरा हिरो, ह्याप्पी इन्डिङ, किक २, रुस्तम लागतएका फिल्ममा काम गरिन् ।

५. काजल अग्रवाल (मुम्बई) : अभिनेत्री काजल अग्रवालको जन्म सन् १९८५मा मुम्बईमा भएको थियो । उनले साउथ फिल्मका साथमा बलिउडमा पनि काम गरिहेकी छन् । उनले बलिउड फिल्म सुंघममा अभिनेता अजय देवगनको अपोजिटमा काम गरिसकेकी छन् । काजलले साउथ फिल्महरुको आइटम नम्बरहरु पनि गरेकी छन् । काजलले आइटम नम्बरको लागि ५० लाखसम्म डिमाण्ड गर्छिन् । फिल्म ‘जनता ग्यारेज’को आइटम नम्बर गर्नको लागि ५० लाख लिइएकी थिइन् । काजलले सन् २००४ मा रिलिजमा आएको फिल्म ‘क्यो हो गया ना’बाट बलिउडमा डेव्यु गरेकी थिइन् । काजललाई तेलेगुको ऐतिहासिक फिल्म ‘मगधीरा’बाट चिनिन थालेकी हुन् ।

६. तमन्ना भाटिया (पन्जाव) : साउथ अभिनेत्रीहरुको टप अभिनेत्रीहरुमा तमन्ना भाटिया पनि पर्छन् । उनको जन्म सन् १९८९ मा पञ्जावमा भएको थियो । दक्षिण भारतीय फिल्मकर्मीसँग काम गर्नुपूर्व तमन्नाले १५ वर्षको उमेरमा बलिउड फिल्म चांद सा रोशन चेहरा’बाट अभिनय सुरु गरेकी थिइन् ।उनले सन् २००५ बाट तेलेगु फिल्म ‘श्री’बाट डेव्यु गरेकी थिइन् । उनको पहिलो तमिल फिल्म ‘केडी’ गरेकी थिइन् । एक पछि अर्को गरेर तमन्नाले हिट फिल्महरुमा काम गरिन् । साथमा सन् २०१५ मा रिलिजमा आएको ब्लकबस्टर फिल्म ‘बाहुवली’मा पनि काम गरिसकेकी छन् । उनले फिल्म ‘अल्लुदु सिनु’ र ‘स्पिडुन्नुडु’को आइटम नम्बरको लागि १,,१ करोड चार्ज लिएकी थिइन् ।

७. चार्मी कौर (मुम्बई) : चार्मीको जन्म सन् १९८७मा मुम्बईमा पञ्जावी शिख परिवारमा भएकोथियो । उनको स्कुलिङ पनि मुम्बईमै भएको थियो । तेलेगु फिल्ममा चार्मीको नाम निकै चर्चित छ । चार्मीले आइटम नमबरको लागि ४० लाखसम्म चार्ज गर्दै आएकी छन् । उनले फिल्म ‘प्रेम ओका मैकम’, ज्योती लक्ष्मी, मंत्र लगाएमा काम गरिसकेकी छन् ।
चार्मीले शाहिद कपुरको फिल्मको ‘गंदी बाद’ गीतमा डान्स गरेकी छन् । चार्मी एक राम्रो डान्सर पनि हुन् । उनको पहिलो बलिउड फिल्म ‘बुढ्ढा होगा तेरा बाप’ थियो ।

८. नेहा शर्मा (बिहार) : बिहारको भागलपुरमा जन्मिएकी २९ वर्षीय नेहाले दिल्लीको एनआईआईएफटी कलेजको डिजाइनिङ पनि गरेकी हुन् ।
नेहाले तेलेगु फिल्म ‘चिरुथा’बाट डेव्यु गरेकी थिइन् । यो फिल्म २००७ मा रिलिजमा आएको थियो ।

९.भुमिका चावला (नयाँ दिल्ली) : भुमिकाको जन्म १९७८ मा नयाँ दिल्लीको पञ्जावी परिवारमा भएको थियो । उनले आफ्नो स्कुलिङ पूरा गरेपछि आफ्नो करियर बनाउनका लागि सन् १९९७मा मुम्बई आएकी थिइन् । सुरुवातीको दिनहरुमा उनले केही विज्ञापनहरुमा काम गरिन् । होही विज्ञापनको पपुलारिटिबाट उनले तेलेगु फिल्ममा काम गर्ने मौका पाइन् ।सन् २००० मा उने तेलेगु फिल्म ‘युभाकुदु’मा काम गरिन् । त्यस्तै फिल्म ‘खुशी’बाट २००१ मा उनले बेष्ट एक्ट्रेसको रुपमा फिल्मफेयर अवार्ड पाइन् । साउथ फिल्म उद्योगमा ९ वर्ष विताएपछि उनले बलिउडमा पनि काम गरिन् । २००३ मा उनले सलमान खानसँग ‘तेरे नाम’मा काम गरिन् । सो फिल्मको उनीहरुको जोडि निकै दर्शकहरुले रुचाए । अझै पनि उनीहरुको जोडीको चर्चा उत्तिकै हुने गर्दछ

१०. जेनेलिया डिसुजा (मुम्बई) : सन् १९८७ मा जेनेलिया डिसुजाको जन्म मुम्बईमा भएको थियो । साउथ फिल्म उद्योगमा जेनेलियाको नाम नसुन्ने कमै होलान् ।

एजेन्सीको सहयोगमा

          August 4, 2018 12:05 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...