दैलेखमा बहुविवाह बढ्दो : पीडितले नै ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति
दैलेख । जिल्लाको नारायण नगरपालिका–४ सोतकी २३ वर्षकी चन्द्रा सुनारको विवाह भएको ६ वर्ष पुग्यो। उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौं वर्षमा चाहिँ जुम्ल्याहा २ छोरी भए।जुम्ल्याहा छोरीहरू गत चैतमा वर्ष दिनका भएका थिए, एक वर्षमै गत वैशाखमै पाँचौं सन्तान छोरा जन्मियो। छोरा जन्मेको पनि ४ महिना पुग्दै छ, यी भएकै छोराछोरी सम्हाल्न चन्द्रालाई हैरानी छ तर उनका पति वसन्त सुनारले २१ वर्षकी एक युवतीलाई दोस्रो पत्नीको रुपमा भित्र्याएका छन्। शुक्रबार नारायण नगरपालिका–१० भवानीकी संगीता विकलाई दोस्रो पत्नीका रुपमा भित्र्याएका हुन् तर संगीतालाई भारत लैजाँदै गर्दा सुर्खेतबाट पक्राउ गरी उनीहरूविरुद्ध कानुनी कारबाही चलाउन चन्द्राले जिल्ला प्रहरी कार्यालय दैलेख पुगेकी छन्।
हुर्किएका २ सन्तान आफन्तको जिम्मा लगाएर तीन जना दूधेबालक बोकेर चन्द्रा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुगेकी हुन्। दैलेखकै महाबु गाउँपालिका–३ बाँसीकी विजया नेपाली पनि बहुविवाहको मारमा परेकी छिन्। संयोग शुक्रबारकै हो। उनका पति प्रेमबहादुर नेपाली शुक्रबारै अर्कै युवती लिएर भारत हिँडेको भन्दै प्रहरीमा उजुरी गर्न पुगेकी थिइन्।तेस्रो घटना पनि यी दुईभन्दा फरक छैन। गुराँस गाउँपालिका–४ तालपोखरीका २६ वर्षीय बिष्णुबहादुर शाही र नारायण नगरपालिका–३ प्युसेकी २१ वर्षीया गीता गुरुङले बहुविवाह गरेपछि जेठी पत्नी सुनिता मल्लले प्रहरीमा उजुरी दिइन्। शाही र गुरुङलाई प्रहरीले शुक्रवारै पक्राउ गरेको छ।
दैलेखी महिलाहरु बहुविवाहको चपेटामा परेको कुरा एकै दिनका यी प्रतिनिधि घटनाहरुबाट प्रस्ट हुन्छ। यहाँका महिला कानुनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १–२ बच्चा जन्माइसक्छन्। आर्थिक अभावमा पारिवारिक कलह सुरु हुन्छ। त्यसपछि अधिकांशले सम्वन्धबिच्छेद गर्छन् भने धेरै बहुविवाहको पीडा भोग्न बाध्य हुन्छन्।प्रहरीका अनुसार एकैदिन बहुविवाह भएको ठाडो निवेदन ३–४ वटा परे पनि प्रहरीले पक्रेपछि पीडित महिलाले नै सम्बन्धविच्छेद गरेर कान्छी हुन आउनेलाई सजिलो बनाइदिने गरेका छन्। यसकारण बहुविवाहका मुद्दा मुस्किलले वर्षभरि ८–१० वटा मात्र चल्ने गरेका छन्।
बहुविवाह जस्ता सरकारवादी मुद्दामा समेत राजनीतिक हस्तक्षेप र सामाजिक दबाब सिर्जना गरिने भएकाले आर्थिक प्रलोभनमा केही मुद्दा चल्न नसकेको अधिवक्ता गोपाल बिराजी बताउछन्। यसले कानुन कार्यान्वयनमा चुनौती थपेको उनको ठम्याइ छ।सानैमा विवाह गरेकै कारण बीचैमा अध्ययन रोकिने तथा शिक्षाको अभावमा रोजगार वा आत्मनिर्भर स्वरोजगारीका सीप, ज्ञान समेत नहुँदा आर्थिक कठिनाइले पारिवारिक कलह बढ्दा सम्वन्धविच्छेद वा बहुविवाहको अवस्था सिर्जना हुने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सरोज पौडेल बताउछन्।
August 5, 2018 11:07 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी