Wednesday 1st April 2026

धादिङमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु

8 years अगाडी

धादिङ। पहिरो आएर घरलाई थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ।

घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ। अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान पुगेको छ।

          August 5, 2018 12:05 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...