काङ्ग्रेसका जिल्ला सभापति तथा पूर्व सांसद पंगेनीको हृदयघातबाट निधन
8 years अगाडी
Susma Dhakal
विजय नेपाल
पोखरा । नेपाली काँग्रेस स्याङ्जाका जिल्ला सभापति एवं पूर्व सभासद् कमल पंगेनीको मृत्यु भएको छ। गएराति हृदयघात भएपछि कालिका सामुदायिक अस्पताल, भीरकोट वडा नं. १, हेलुमा उपचारार्थ लगिएकोमा उनलाई मृत घोषणा गरिएको थियो । उनी ५५ वर्षका थिए।
पंगेनी संविधानसभा निर्वाचन २०७० मा स्याङ्जा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । उनले तत्कालीन नेकपा एमालेका कृष्ण खाँणलाई हराएका थिए ।
उनी २०६४ सालको संविधानसभामा हितकाजी गुरुङसँग पराजित भएका थिए । त्यस्तै प्रदेशसभा निर्वाचन २०७४ मा स्याङ्जा क्षेत्र (क) मा दीपक चर्तिमगरसँग पनि पराजित हुन पुगेका थिए ।
नेपाली काँग्रेस जिल्लाको पार्टी सभापतिमा उनको यो तेस्रो कार्यकाल थियो । भीरकोट वडा नं. ६ का स्थायी बासिन्दा कमल पंगेनीका श्रीमती, १ छोरा र १ छोरी छन् ।
August 5, 2018 12:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...