Tuesday 23rd December 2025

रोनाल्डो भित्र्याएसँगै युभेन्टस छाड्ने निर्णय गरेका हिग्वेनलाई सानसिरोमा स्वागत

7 years अगाडी

मिलान, २० साउन । रियल मड्रिडका क्रिष्चियानो रोनाल्डो भित्र्याउने निर्णयसँगै युभेन्टस छाड्ने निर्णयमा पुगेका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेनलाई सानसिरोमा समर्थकले भव्य स्वागत गरेका छन् । उनी ऋणमा अर्को इटालियन क्लब एसी मिलान पुगेका हुन् । नयाँ निर्णयपछि पहिलोपटक शुक्रबार सानसिरो पुगेका उनलाई समर्थकले भव्य स्वागत गरेका छन् ।

हिग्वेन युभेन्टसका मुख्य स्ट्राइकर रहँदै आएका थिए । रोनाल्डोको आगमनसँगै हिग्वेनले युभेन्टस छाड्ने इच्छा देखाएका थिए । उनको इच्छालाई सम्बोधन गर्दै युभेन्टसले हिग्वेनलाई एसी मिलानमा ऋणमा पठाउने निर्णय गरेको थियो ।

हिग्वेन सन् २०१६ मा युभेन्टस भित्रिएका थिए । सात करोड ९० लाख पाउण्डमा नापोलीबाट त्यहाँ पुगेका ३० वर्षीय हिग्वेनले एक सय पाँच खेल खेल्दा ५५ गोल गरेका छन् । दुई सिजनमा उनले घरेलु सिरी ए लिग र कोपा इटालियाको उपाधि जिते । एक वर्षको ऋणको सम्झौतापछि उनले एसी मिलानसँगै आधिकारिक सम्झौता गर्नेछन् । यसका लागि उनले आवश्यक स्वास्थ्य तयारी समेत गरिसकेका छन् ।

          August 5, 2018 12:29 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...