सलमानको उड्यो होस,अदालतले सलमान खानलार्इृ यस्तो अनुमति दिएपछि
चर्चित अभिनेता सलमान खान लाइ अदालतर्ले ठूलो झड्का दिएको छ । जोधपुर डिस्ट्रिक एण्ड सेशन कोर्टले सलमान खानको त्यो अपील खारेज गरिदिएको छ जसमा सलमानले विदेश जाने स्थायी अनुमति मागेका थिए। अदालतको उक्त आदेशपछि सलमानले अब जहिले पनि विदेश जानु पहिला अदालतको आदेश लिनुपर्ने नियम लागु गरेको छ।हालै कालो हरिण शिकार केसमा बहसका क्रममा सलमानका वकिल अदालतमा एक अपील पेश गरेका थिए।
जसमा सीजेएम ग्रामीणद्वारा सलमान खानमाथि बिना अनुमति विदेश यात्रा गर्न लगाएको रोक हटाएर विदेश यात्राको स्थायी अनुमति दिन माग गरिएको थियो।यो विषयको सुनुवाई पूरा हुन पाएन। शनिबार भएको सुनुवाईपछि अदालतले उक्त अपील खारेज गरिदिएको छ। अदालतको उक्त आदेशपछि सलमानले अब विदेश जानु पूर्व अदालतबाट अनुमति लिनुपर्ने भएको छ।
अर्को तर्फ कलो हरिण शिकार केसमा सलमानका वकिलले अर्को अपील पनि दायर गरेका छन्। यसमा १०देखि २६ अगस्टसम्म सलमानले आबुधाबी र माल्टा जाने अनुमति मागेका छन्। यो अपीलमाथिको सुनुवाई हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ।यस अघि १९९८ मा सलमान खान जोधपुरमा सुरज बडजात्याको फिल्म ‘हम साथ साथ है’ को शुटिङ गरिरहेका थिए।
त्यही क्रममा उनी फिल्मका अन्य कलाकार सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू र नीलमसँग शिकार गर्न गएका थिए।सलमानमाथि संरक्षित कालो हरिणको शिकार गरेको आरोप लाग्यो। अन्य कलाकारमाथि सलमानलाई हरिणको शिकार गर्न उक्साएको आरोप लाग्यो। सलमानलाई कालो हरिण शिकार गरेको अभियोगमा अदालतले दोषी ठहर गर्यो। सलमान बाहेक बाँकी सबै कलाकारलाई अदालतले सफाइ दिएको हो।
August 5, 2018 12:32 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी