यस्तो होस् , सौतेनीको सम्बन्धमा यि दुइ महिला,गाउले सब छ्क्क पर्दै जिब्रो टोक्छन
आफ्नो परिचय दिएपछि पार्वता आचार्यले भन्नुभयो, ‘श्रीमान् मलेसिया जानुभएको छ ।’ पार्वतापछि उठेकी सरिताले आफ्नो नाम भन्न नभ्याउँदै सँगै रहेकी अर्की महिलाले कोट्याएर भनिन्, ‘दिदी र मेरा श्रीमान् एउटै हुन्, मलेसियामै छन् भन न ।’ सरिताले हाँस्दै भन्नुभयो ‘हाम्रो श्रीमान् मलेसियामा हुनुहुन्छ ।’ विदेश जानेका परिवारका लागि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा परिचय गर्दा सहभागी सबैले श्रीमानका बारेमा पनि भन्नुपर्ने थियो सहभागी सबैले मेरा श्रीमान् भनेर सम्बोधन गर्दै आफ्नो श्रीमान् कमाउन गएको देशको बारेमा बताए ।
तर सरिता र पार्वता दुवैले भने, ‘हाम्रो श्रीमान् ।’ अथवा उनीहरु एकअर्काका सौता । कक्षापछि घरको आँगनमा बसेर सरिता र पार्वताले आपसी सम्बन्ध खुलाएर भने, ‘हामी दिदीबहिनी अर्थात सौतासौता ।’पार्वता र सरिताको उमेर ८ वर्षको फरक छ । सरिता ३३ वर्षको हुनुभयो । पार्वता चाहिँ ४१ वर्ष । सरिताको खाइलाग्दो ज्यान छ । तर पार्वताका छाला हड्डीमै टाँसिएका छन् । सरिता हृष्टपुष्ट देखिनुहुन्छ । तर पार्वताको अनुहारमा चाउरी परिसकेको छ
August 5, 2018 1:02 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी