जानी जी राखौ,साउन महिनामा यी ५ चिजहरु खरिद गरी घरमा भित्र्याउनु भएमा मिल्नेछ सुख र समृद्धि !
साउन महिनाको सुरुवात भएको आज १७ दिन भैसकेको छ। यस महिना भगवान शिवको विशेष पूजा आराधना गर्ने गरिन्छ। साउन महिनाभर शिवजीको पूजा आराधना गर्दा आफूले चिताएका र अधुरा रहेका कार्यहरु पूरा हुँदै जाने विश्वास रहेको छ।
पवित्र मानिने यस महिनामा कुनै कार्यको सुरुवात गर्दा यसले राम्रो गति लिंदै जाने मान्यता रहेको छ। आज हामी तपाईहरुलाई यस्ता केही वस्तुहरु बताउने छौँ जुन तपाईले साउन महिनामा आफ्नो घरमा लग्नुभएमा जीवनमा सधैँ सुख सम्बृद्ध प्राप्त हुनेछ। जानी राखौ :-
त्रिशूल : त्रिशुल शिवजीको सबैभन्दा प्रिय सामग्री मान्ने गरिन्छ जुन सदैव उहाँको हातमा रहिरहन्छ। त्रिशुल तिन देव र तिन लोकको प्रतिकको रुपमा समेत चिनिने गर्छ। त्यसैले साउन महिनामा चाँदीको त्रिशुल घर लगेर राख्नुभएमा तपाईले आफ्ना घरमा कुनै दिन आपत विपतको सामना गर्नु नपर्ने मान्यता रहेको छ।
रुद्राक्ष : साउन महिनामा आफ्नो घरमा रुद्रक्ष लगेर राख्नु भएमा सौभाग्य बढ्नुका साथै मन शान्त रही पवित्र रहने गर्छ। यसलाई घरको पूजा गर्ने स्थानमा कुनै चाँदीको वस्तुमा बेरेर राख्नुहोस जसले तपाईको घरमा सुख -समृद्धि बढेर जाने गर्छ।
डमरु : डमरु ,भगवान शिवको सबैभन्दा प्रिय बाध्यबादनको सामग्री हो जुन सदैव उहाँको हातमा रहने गर्छ। हामी हरेक मठ-मन्दिरमा बनाइएको शिवजीको मुर्तिमा डमरु बोकेको देख्न सक्छौँ। पहिले डमरुको आवाजले रोगहरु समेत निको भएर जाने विश्वास रहेको थियो। साउन महिनाभरी यसलाई आफ्नो घरमा राख्नुहोस र महिनाको अन्तिम दिन कुनै घरमा आएको बालकलाई दान गर्नुहोस। यसो गर्दा तपाईका सम्पूर्ण दुख -ंकष्टहरु नास हुँदै जानेछन्।
पन्च पात्र : भगवान शिवको लागि जल सबैभन्दा प्रिय रहने गर्छ। साउन महिनामा आफ्नो घरमा गंगाजल ल्याएर राख्नुहोस् र यदी सम्भव नभए घरमा भएका तामा , पिताल आदी भाँडाहरुमा चोखो पानी राख्नुहोस। दैनिक रुपमा यसरी शिवजीलाई जल अर्पण गर्दै त्यो भाँडो भर्ने गर्नुस्। यसो गर्दा तपाईको घरमा सदैव सुख र शान्ति प्राप्त हुनेछ।
August 5, 2018 1:08 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :