Monday 22nd December 2025

हो मैले ५ लाख मागेकी हुँ, डेढ लाखमा कसले काम गर्छ ? – आंचल शर्मा

7 years अगाडी

नायिका आँचल शर्माले छायांकनमा जान लागेको एक चलचित्रका लागि ५ लाख डिमाण्ड गरेको खबर बाहिर आएको छ । नायिका आँचलले आफूले ५ लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्विकार गरेकी छिन् ।

‘म भन्छु व्यक्तिगत सम्बन्धलाई व्यवसायिक सम्बन्धमा नजोडौ । उहाँहरुले मलाई नायिका भएकाले चलचित्रमा अफर गर्नुभएको हो, दिदीबहिनी भएर होइन । नत्र भने त आफ्नै घरको दिदीबहिनीलाई खेलाउँदा हुन्छ ।’ उनले भनिन ।

एउटा कलाकारले कि त राम्रो पैसा, कि त राम्रो भूमिका खोज्ने आँचलले बताइन् । आफू भोली चलचित्रको प्रमोशनमा पनि हिड्नुपर्ने, आफ्नो अनुहार पनि प्रयोग हुने भएकाले ५ लाख महंगो नभएको उनले बताइन् । अब, कसैले डेढ-दुई लाखमा काम गर्न नसक्ने आँचलको भनाई छ ।

          August 7, 2018 4:03 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...