Monday 9th March 2026

यो फिल्ममा सलमान खान झण्डै ऐश्वर्या रायको भाइ बनेका

8 years अगाडी

एजेन्सी। दुई दशक लामो आफ्नो करियरमा ऐश्वर्या राय बच्चनले बलिउडका सबै अभिनेतासँग रोमान्स गरिसकेकी छन्। शाहरुख खानदेखि सलमान खान, अक्षय कुमार र रणबीर कपूरसँग ऐश्वर्याले रोमान्स गरेकी छन्।सन् २००० मा उनले चन्द्रचुड सिंहसँग रोमान्स गरिन्र शाहरुख खानकी बहिनीको रुपमा पर्दामा देखिएकी थिइन्। फिल्म थियो ‘जोश’। यो पहिलो पटक थियो जब शाहरुख र ऐश्वर्याले एकै साथ फिल्ममा अभिनय गरेका थिए। तर उनी शाहरुख खानसँग रोमान्टिक रोलमा नभएर बहिनीको रोलमा देखिएकी थिइन्।

यद्यपी यो विषयमा कमैलाई मात्र जानकारी होला की शाहरुख खानको यो भूमिकामा निर्देशकको पहिलो रोजाइमा सलमान खान थिए। मंसुर अली खानले फिल्ममा सलमान खान ऐश्वर्याको भाइ बनुन भन्ने चाहन्थे। तर त्यस्तो हुन सकेन र ऐश्वर्या शाहरुखकी बहिनी बनिन्।ऐश्वर्याले एक वेबसाइटलाई दिएको अन्तर्वातामा उक्त कुरा बताएकी हुन्। रमाइलो पक्ष के छ भने त्यतिबेला सलमान खान र ऐश्वर्या राय गहिरो प्रेममा थिए। दुवैको भेट संजय लिला भन्सालीको फिल्म ‘हम दिल दे चुके समन’ को सेटमा भएको थियो।

          August 9, 2018 11:47 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...