स्कुल बस दुर्घटना ३२ जना घाइते, ४ जनाको अवस्था गम्भीर
हिजो साँझ मोरङको पथरीशनिश्चरे नगरपालिका ३ स्थित भित्री सडकखण्डमा बुधबार साँझ बा १ ख ८००२ नम्बरको स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका हुन् । घाईते मध्ये ४ जना बिद्यार्थीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको हो । घाइते २० जना बिद्यार्थी भने सामान्य उपचार पछि घर फर्किएका छन् ।
पथरीशनिश्चरे ३ की १४ वर्षीया सन्ध्या बस्नेत, १२ वर्षीय रविन कार्की, १३ वर्षीय अनिष धिमाल र नौ वर्षीय साहिल अधिकारी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । दुर्घटनामा परेकालाई तत्काल उद्धार गरिएकाले थप क्षती हुन नपाएको उनले जानकारी दिए ।
पथरीशनिश्चरे वडा नम्वर ३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको हो । उत्तरबाट दक्षिणतफ जाँदै गरेको बस दुर्घटना हुँदा बिद्यार्थीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको हो । गम्भीर घाइते भएका बिद्यार्थीको उपचार विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको छ । गाडीका चालक भने दुर्घटनापछि फरार भएका छन् ।
August 9, 2018 12:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै