वास्तविकता खुलेपछि उड्यो होस ,भिखारी सम्झेर शोरुमबाट बाहिर धपाउन खोज्दै थिए
मानिसको पहिरनबाटै उसको वास्तविकता थाहा नहुन पनि सक्छ । कैयौं धनी व्यक्तिहरु सादा जीवन बाँच्न मन पराउँछन् । यस्तै सादा जीवन बिताउन चाहने एक व्यक्तिसँग अनौठो घटना भएको छ । घटना थाइल्याण्डको हो । यी वृद्धका तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।यी व्यक्ति हेर्दा निकै साधारण देखिन्छन् । हालै यी वृद्ध एक मोटरसाइकलको शोरुममा पुगे । जहाँ मानिसहरुले यिनको पहिरन हेरेर निकै मजाक उडाए ।थाइल्याण्डको थोमस अलेक्स्थित एक मोटरसाइकल शोरुममा पुगेका यी व्यक्तिले शोरुमभित्र गएपछि सबैतिर हेरे अनि त्यहाँ भएको हार्ले डेभिडसन बाइक देखाउन भने । उनको कुरा सुनेर त्यहाँ भएका सबै कर्मचारी हाँस्न थाले र उनको कुरालाई बेवास्ता गरिरहे ।
शोरुमका सबै स्टाफको व्यवहार देखेर ती वृद्धलाई निकै नराम्रो लाग्यो । उनले शोरुमका मालिकलाई बोलाउन भने । पहिले त सबैले उनलाई मालिकसँग भेट्न नदिएनन् तर ती वृद्ध पनि आफ्नो जिद्दीमा अडिग रहे । अन्ततः मालिकसम्म खबर पुग्यो । मालिक आएपछि ती वृद्धले त्यहाँका स्टाफले आफूलाई हार्ले डेभिडसन बाइक नदेखाएको गुनासो गरे ।त्यसपछि मालिकले ती व्यक्तिलाई आफैं बाइक देखाए । मालिकले आफैं बाइक देखाएपछि सबै स्टाफ चकित परे । मालिकले ती व्यक्तिलाई देखाएको बाइकको मूल्य झण्डै २० लाख नेपाली रुपैयाँ पथ्र्यो । हद त तब भयो जब ती वृद्धलाई बाइक मन पर्यो । उनले तुरुन्तै सबै पैसा निकालेर मालिकलाई दिए ।
भिखारीजस्ता देखिने ती वृद्धलाई हेर्दा त्यहाँ कसैले सोचेका थिएनन् कि उनीसँग लाखौं रकम छ । यो पूरै घटना त्यहाँ भएका एक किशोरले मोवाइलमा खिचेका थिए । उनले यो सबै सामाजिक संजालमा शेयर गरिदिए । हेर्दाहेर्दै उनको कहानी भाइरल भएको छ । यो घटनापछि सामाजिक संजालमा एक महिलाले ती वृद्ध आफ्ना दाजु लांडेजा भएको बताएकी छिन् जो निकै साधारण जीवनशैली मन पराउँछन् ।
August 9, 2018 1:29 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी