नेपाल आइडलको दोस्रो संस्करण आज राति साँढे देखि
काठमाडौं, २४ साउन । नेपाल आइडलको दोस्रो संस्करण आज राति साँढे आठदेखि सुरु हुने भएको छ ।नेपाल आइडलको प्रथम संस्करणको सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण आज देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइ दिन राति ८ः३० देखि प्रसारण हुनेछ ।अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मा संग नयाँ अनुहार देख्न पाइनेछ ।
उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमशः दोश्रो र तेश्रो बन्न सफल भएका थिए । नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल विजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफूले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै ट्रेण्डिङमा पर्ने गरे बाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गरेको आयोजकको दाबी छ ।
‘मन जित्छ उस्ले, सुमधुर गाउँछ’ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै सुरु हुने नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा हब्लु आर भी कार, एउटा एलबमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउनेछन् ।
August 9, 2018 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले