नेपाल आइडलको दोस्रो संस्करण आज राति साँढे देखि
काठमाडौं, २४ साउन । नेपाल आइडलको दोस्रो संस्करण आज राति साँढे आठदेखि सुरु हुने भएको छ ।नेपाल आइडलको प्रथम संस्करणको सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण आज देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइ दिन राति ८ः३० देखि प्रसारण हुनेछ ।अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मा संग नयाँ अनुहार देख्न पाइनेछ ।
उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमशः दोश्रो र तेश्रो बन्न सफल भएका थिए । नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल विजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफूले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै ट्रेण्डिङमा पर्ने गरे बाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गरेको आयोजकको दाबी छ ।
‘मन जित्छ उस्ले, सुमधुर गाउँछ’ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै सुरु हुने नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा हब्लु आर भी कार, एउटा एलबमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउनेछन् ।
August 9, 2018 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :