

मोडल सन्जिब ठकुरी र अनु शाह “नाचौ घुमी घुमी” भन्दै यसरी नाचे यसपालीको तिजमा (भिडियो सहित)

राजु बोहरा/काठमाडौँ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाई लक्षित गर्दै बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् । तर यसरी बजारमा आइरहेका तीज गीतहरु पनि आफ्नै कला संस्कृति र मौलिकता बाट केहि बाहिर गएर तयार भए कि भन्ने गुनासो बेला बखत आउने गर्दछन् । यसरी आइरहेको गुनासोलाई छोप्ने क्रममा पोहोर सालको तुलनामा यस बर्ष ९०% भन्दा माथि गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र अडिक रहेर तयार भएका छन् ।
सोहि क्रममा अशंख्या नारीहरुलाई बर्ष भरिको थकाई मेटाउने उदेस्यका साथ् पछिल्लो पटक अमृत खाती र स्मृति गौतमको संयुक्त प्रस्तुति “नाचौं घुमी घुमी” बोलको गीत सार्बजनिक भएको छ । यस गीतमा अमृत खाती र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । सुन्दा मनै फुरुंग हुने यस गीतलाई लय अमृत खातीले तयार पारेका हुन् भने शब्द जिबन अर्यालको रहेको छ ।
निकै रोमान्चक सैली बाट तयार पारिएको एक गीतको म्युजिक भिडियोमा अनु शाह र संजिव ठकुरीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
August 9, 2018 10:59 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

