Wednesday 1st April 2026

उदयपुरमा सर्पदंश केन्द्रमै औषधि अभाव

8 years अगाडी

उदयपुर । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ। दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ। यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिश गर्ने गरिएको छ। “बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ,” कटारी अस्पतालका प्रमुख डा गौरव साहले भने, “दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्, औषधि नहुँदा अन्य अस्पताल लैजान सिफारिश गर्नुपर्ने बाध्यता छ।” अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन।

कटारी ताराघारीस्थित शार्दूल गणमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि औषधि अभाव भएको सेनानी उपेन्द्र रेग्मीले बताए। वर्षातको समयमा सर्पको बिगबिगी बढेको छ। वैशाखयता शार्दूल गणको सर्पदंश उपचार केन्द्रमा एक सयभन्दा बढी बिरामीको उपचार गरिएको थियो। तेह्र जनालाई निको पारिएकोमा अन्यलाई उपचारका लागि अन्य अस्पताल सिफारिश गर्नुपरेको सेनानी रेग्मीले बताए।

          August 10, 2018 10:49 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...