Tuesday 31st March 2026

भदौ १ गतेदेखि नयाँ कानुनः कमशल काम गर्ने ठेकेदारलाई १० वर्ष जेल

8 years अगाडी

काठमाडौ, साउन । निर्धारित समयमा काम सक्नुपर्ने सहमति भएपनि ठेकेदारको लापर्वाहीले अधिकांश विकास निर्माणका कामहरु रोकिएका हुन्छ । तर भदौ १ देखि लागु हुने गरी त्यस्ता ठेकेदारलक्षित नयाँ नियम ल्याइएको छ ।अपराध (संहिता) ऐन २०७४ मा गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारवाही गर्ने व्यवस्था उल्लेख छ । गुणस्तरहीन काम गर्ने ठेकेदारलाई १० वर्षसम्म कैद सजाय हुने भएको छ ।

अपराध संहिताको दफा २५० को उपदफा (१) अनुसार निर्माणसम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिले बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाणमा घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वा गराउन हुँदैन ।’

त्यस्तै उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ । त्यस्तै तोकिएको भन्दा फरक गुणस्तरको माल, वस्तु वा सेवा उपलब्ध गराउने व्यक्तिलाई पनि सजाय हुनेछ । त्यस्तो कमशल काम गर्ने वा गर्न प्रोत्साहन गर्ने व्यक्तिलाई पनि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

          August 10, 2018 12:23 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...