विराट कोहलीका कारण यसरी बन्दैछिन् अनुष्का शर्मा ट्रोल
साउन । बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । अनुष्का ट्रोल बन्नुको पछाडी उनकै श्रीमान् भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन् ।पूरै टीम इन्डियाको साथ हाल लण्डनमा पुगेका कप्तान विराट कोहली सहितलाई त्यहाँ स्थित भारतीय उच्च आयोगले डिनर पार्टीका लागि निमन्त्रणा दिएको थियो । यसैक्रममा टोलीको साथमा अनुष्का पनि उपस्थित थिइन् ।
डिनर पार्टीको अवसरमा लिएको एक तस्वीरलाई बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया बीसीसीआइले ट्वीटरमा शेयर गरेको थियो । उक्त तस्वीरमा टीम इन्डियाका खेलाडीहरुको साथमा अनुष्का पनि देखिएकी छिन् । हरियो रंगको परम्परागत कपडामा उनी कप्तान नजिक तस्वीरको केन्द्र मागमा देखिएकी छिन् ।बीसीसीआइले तस्वीर शेयर गरे लगत्तै धेरै ट्वीटर प्रयोगकर्ताहरुले प्रश्नको ओहिरो लगाएका थिए । प्रयोगकर्ताहरुले टीम इन्डियाको तस्वीरमा अनुष्काको उपस्थितिमाथि व्यंग्य र प्रश्नहरु उठाएका थिए । कतिपयले उप कप्तान अजिंक्य रहाणेलाई पछिल्लो पंक्तिमा उभिएको नोटिस गर्दै आलोचना पनि गरेका थिए ।
एकजना प्रयोगकर्ताले अनुष्का शर्मा कहिलेबाट टीम इन्डियामा प्रवेश गरेको प्रश्न गरेका थिए । अर्को एकजनाले उपकप्तानलाई पछिल्लो पंक्तिमा राखेर कप्तानको श्रीमतीलाई पहिल्लो पंक्तिमा राख्ने भन्दै अनुष्कालाई केही दिन अघि सार्वजनिकरुपमा आदर्शको लेक्चर दिएको कुरा याद गराएका छन् ।बीसीआइ क्रिकेटका लागि भएको बलिउडका लागि नभएको भन्दै अरुलाई तस्वीरमा नदेखाउन एकजनाले प्रतिक्रिया दिएका छन् ।त्यस्तै अन्यले त्यस्तो तस्वीरलाई स्वीकार नगर्ने बताएका छन् । एजेन्सी
August 10, 2018 12:37 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :