प्रिमियर लिगः घरेलु मैदानमा म्यानचेस्टरको विजयी सुरुवात
काठमाडौँ, २६ साउन । नयाँ सिजनको इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबार मध्यराति घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएको हो ।युनाइटेडको जितमा पल पोग्बा र लुक सले निर्णायक भूमिका खेले । पोग्बाले खेलेका तेस्रो मिनेटमै पेनाल्टीमार्फत् गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनको गोलसँगै पहिलो हाफमा युनाइटेडले १–० को अग्रता बनायो ।
युनाइटेडका लागि दोस्रो हाफमा लुक स ले खेलको ८३ औँ मिनेटमा हुवाँ माटाको पासमा गोल गर्दै अग्रता २–० मा पुर्याए ।युनाइटेडविरुद्धको खेलमा लेस्टरलाई यसै सिजन म्यानचेस्टर सिटी गएका रियाद महरेजको आवश्यकता खड्कियो । लेस्टरले खेलमा फर्किने कोशिश आंशिक रुपमा पूरा भयो । खेलको अतिरिक्त समयको दोस्रो दोस्रो मिनेटमा जेमी भर्डीले हेडमार्फत् सान्त्वना गोल फर्काए पनि पराजय रोक्न सकेनन् ।
August 11, 2018 10:40 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता