प्रिमियर लिगः घरेलु मैदानमा म्यानचेस्टरको विजयी सुरुवात
काठमाडौँ, २६ साउन । नयाँ सिजनको इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबार मध्यराति घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएको हो ।युनाइटेडको जितमा पल पोग्बा र लुक सले निर्णायक भूमिका खेले । पोग्बाले खेलेका तेस्रो मिनेटमै पेनाल्टीमार्फत् गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनको गोलसँगै पहिलो हाफमा युनाइटेडले १–० को अग्रता बनायो ।
युनाइटेडका लागि दोस्रो हाफमा लुक स ले खेलको ८३ औँ मिनेटमा हुवाँ माटाको पासमा गोल गर्दै अग्रता २–० मा पुर्याए ।युनाइटेडविरुद्धको खेलमा लेस्टरलाई यसै सिजन म्यानचेस्टर सिटी गएका रियाद महरेजको आवश्यकता खड्कियो । लेस्टरले खेलमा फर्किने कोशिश आंशिक रुपमा पूरा भयो । खेलको अतिरिक्त समयको दोस्रो दोस्रो मिनेटमा जेमी भर्डीले हेडमार्फत् सान्त्वना गोल फर्काए पनि पराजय रोक्न सकेनन् ।
August 11, 2018 10:40 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :