Tuesday 31st March 2026

यस्ता ५ वटा निर्णय गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न

8 years अगाडी

काठमाडौं । केन्द्रीय सरकारको शुक्रबार बसेको बैठकले बिभिन्न निर्णयहरु सार्वजनिक गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

शुक्रबार बसेको मन्त्रीपरिषदले गरेका निर्णयहरु

१. मौलिक हकसँग सम्बन्धित जनस्वास्थ्य सेवालाई व्यवस्थापन गर्न बनेको बिधेयक २०७५ संसदमा दर्ता गराउने निर्णय गरिएको छ।

२. मकवानपुर र डोटीमा बाल सुधार गृह संचालन गर्ने निर्णय गरिएको छ।

३. प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रीय निकायले कर्मचारीहरुलाई खटाउँदा राज पत्रांन्कित द्वितीय श्रेणी वा सो सरह वा सो भन्दा मुनिका कर्मचारीहरुलाई एकमुष्ट रुपमा प्रदेश मुख्यमन्त्री वा प्रदेश मन्त्रिपरिष्दको कार्यालयमा खटाउने निर्णय गरिएको छ।

यसरी खटिएका कर्मचारीलाई आफ्नो आवश्यकता अनुसार प्रदेश सरकारले कामकाजमा लगाउन सक्ने छ।

४. नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्गलाई मर्ज गरेर राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गर्ने निर्णय भएको छ।

५. राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडितहरुलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरिएको छ।

          August 11, 2018 11:21 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...