भारत छोडेपछि रिसाएका सलमानलाई यसरी फकाउँदैछिन् प्रियंका, सुध्रिएला त सम्बन्ध ?
मुम्बइ। केही समयदेखि एउटा समाचारले निकै चर्चा पाइरहेको छ । प्रियंका चोपडाले भारत फिल्म छोडेपछि सलमान खान रिसाएका छन् । यहाँसम्म कि सलमानले प्रियंकाकी आमा मधु चोपडालाई डिजाइनर मनिष मल्होत्राको कार्यक्रममा बेवास्तासमेत गरे । यस विषयमा प्रियंकाकी आमासँग पनि मिडियाले कुरा गर्न चाहे तर उनले यस विषयमा केही पनि भन्न अस्वीकार गरिन् ।
यही बीचमा प्रियंकाले एउटा ट्वीट गरेकी छिन् जसलाई सलमान खानसँग जोडेर हेरिएको छ । सलमान खानका बहिनी ज्वाइँ आयुष शर्मा बलिउड डेब्यू गर्दैछन् । उनको डेब्यू फिल्म लभरात्रीको ट्रेलर केही दिनअघि रिलिज भएको थियो । प्रियंकाले यो ट्रेलर हेरिन् र सलमानका ज्वाइँलाई बलिउडमा स्वागत गरिन् । प्रियंकाको यो ट्वीट देख्दा उनले सलमानलाई फकाउन चाहेको अनुमान गरिएको छ ।
प्रियंकाले ट्वीटमा लेखेकी छिन् ‘मेरा मित्रलार्ई फिल्ममा स्वागत छ । यो ट्रेलर हेर्दा यस्तो लाग्छ कि तिम्रो बलिउडमा शानदार डेब्यू हुनेछ । वारिना हुसैनलाई पनि धेरै शुभकामना । लभरात्री टिमलाई धेरै माया ।’ प्रियंकाको यो ट्वीटले बलिउडमा खल्बली मच्चिएको छ । अब यस विषयमा सलमानको प्रतिक्रिया के हुन्छ भन्ने सबैको प्रतिक्षाको विषय बनेको छ ।
August 11, 2018 12:01 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले