मुसहर समुदायमा सामाजिक चेतना बढ्दै
बर्दिवास । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका-५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन्। आफ्नो मालिकले भनेको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहर अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा चासो राख्न थालेका हुन्। शिक्षा, स्वास्थ्य र विभिन्न अवसरबाट पछि परेका यो बस्तीका मुसहर नेपाल रेडक्रश सोसाइटी महोत्तरी शाखाको सहयोगले नानीहरुलाई पढाउन थालेका छन्। चेतनामा अत्यन्तपछि परेका यहाँका मुसहर अब धमाधम चर्पी बनाउन थालेका छन्।
‘बिहान कमाएर (बनी गरेर) ल्यायो, बेलुका भुटेर खायो’ आहानमा उभ्याइने मुसहर अतिरिक्त कमाउने, सञ्चय गर्ने, आफ्नो अधिकार खोज्ने वा कुनै गुनासो गर्ने कुरामा पुरै बेखबर रहने जातिका रुपमा परिचित छन्। खेती मजदूरी (कृषि मजदूरी) गुजाराको मुख्य पेशा रहेको यो जाति अब नियमित राजनीतिक प्रशिक्षण, सामाजिक सङ्घ संस्थाको लगातारको प्रयत्न र चासोले सार्वजनिक मञ्चमा देखिन थालेका लोहारपट्टी नै घर भएका प्रदेशसभा सदस्य जानकीशरण साह बताउछन्।पछिल्लो चरणमा रेडक्रश महोत्तरी शाखाले यो बस्तीमा नियमित नेतृत्व विकास, जीविकोपार्जन र खानेपानी एवं सरसफाइका लागि विशेष तालीम नै सञ्चालन गरेको छ। गत वर्षको बर्खे भेलले बस्ने र खाने ठाउँ गुमाएका मुसहरका १२६ जना नानीहरुलाई रेडक्रश महोत्तरी शाखाले शैक्षिक सामग्रीसहितका झोला दिएको छ।
मुसहर बालबालिका काखीमा कापी, कलमसहितको झोला भिर्न पाएपछि दङ्ग पर्दै नियमित बिद्यालय जान थालेका छन्। कृषि कार्यको मजदूरी गर्ने मुख्य व्यवसायका मुसहरलाई रेडक्रशले आयआर्जनका सानातिना काम सञ्चालन गर्न १८० परिवारलाई रु १५ हजार रकम सहयोग गरेको छ। यो रकमबाट मुसहर महिलाले काँसका डाली बुन्ने, सानो किराना पसल चलाउने र केही युवाले चनाचटपटे बनाएर बेच्ने गरेका र केहीले बाख्रापालन गर्न थालेका छन्। यो सहयोग सानो भए पनि मुसहरलाई वैकल्पिक रोजगारी खोज्न भने सहयोगी बनेको छ। रेडक्रशको सहयोगले अब भने हामी पनि यसै समाजका रहेछौँ भन्ने लाग्न थालेको लोहारपट्टीकै मुसहर समुदायका अगुवा शिव सादाले बताए।
जिल्लामा ३३ हजारको हाराहारी जनसङ्ख्या रहेको मुसहर समुदाय शिक्षामा निकै पछि परेको छ। यो समुदायबाट अहिलेसम्म एससीइई उत्तीर्ण गरेकाको सङ्ख्या १५ ननाघेको शिक्षा विकास समन्वय एकाइ महोत्तरीले जनाएको छ। तर सामाजिक सङ्घ संस्था, राजनीतिक दल, स्थानीय तह र अन्य सम्बद्ध तह निकायले थालेका निरन्तरको प्रयत्नले यसपालि भने मुसहर समुदायका झण्डै दुई हजार बालबालिका विद्यालय भर्ना भएका एकाइ प्रमुख सत्रुधन यादवको भनाइ छ।
August 11, 2018 2:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै