Tuesday 31st March 2026

पोखरीमा डुबेर एक वृद्धको मृत्यु

8 years अगाडी

लहान, २६ साउन । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर शनिबार एक वृद्धको मृत्यु भएको छ ।

बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा करीब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिए ।

सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ ।

          August 11, 2018 2:57 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...