अशोक दर्जीलाई मिडियाले चाहिने भन्दा बढि पब्लिसिटी गर्दा रेखाको आपत्ति
हरेक क्षेत्रको जस्तै कलाकार र मिडियाको सम्बन्ध नङ र मासु जस्तै हुने गर्छ । तर यीनै मिडिया र कलाकारहरुबीचको लफडा पनि देखिँदै आएको छ । यसबीचमा कुनै समयकी चर्चित नायिका रेखा थापाले मिडियाप्रति निकै गुनासो र आक्रोस व्यक्त गरेकीछिन् । उनले आफुले हिट माथि हिट फिल्म दिएको र नायिकाहरु पनि नायक बन्न सक्छन् भनेर पुष्टी गर्दा पनि आफुलाई मिडियाले महानायिका र मेघास्टार बन्न आँट नगरेको बताईन ।
साथै उनले मिडियाले २ ३ हिट फिल्म दिँदैमा सुपरस्टार , मेघास्टार भनिएकोमा उनले आपत्ति जनाईन । उनले पछिल्लो समय नवकलाकार र अशोक दर्जीकै हकमा पनि मिडियाले चाहिने भन्दा बढि हाइप दिएको उनको भनाई छ । उनले भनिन् “हामी नव प्रबेशी चाहे कुनै पनि विधाको होस वा अशोक दर्जीकै सवालमा किन नहोस यसरी उचालिदिन्छौँ यो दुरुपयोग भएन र ???” उनी अगाडी भन्छिन “यसको साईकोलोजी भोली के हुन्छ यसको जिम्मेवारी कसले लिन्छ ? मिडिया जिम्मेवारी त हुँदैन” ।
प्रशंसा पाउँनु पर्नेले पाउँनु पर्ने र आलोचना गर्नु परे तथ्यसहित गर्नु पर्ने उनले बताईन । यी सब कुराहरुमा रेखाले बिषेशगरी अनमो केसीलाई केही मिडियाले मेघास्टार र सुपरस्टार भनेकोमा ठाडो आपत्ति जनाएकी थिईन । रेखा यतिबेला आफनो निर्माण र निर्देशन रहेको फिल्म ‘मालिका’ को काममा व्यस्त रहेकीछिन् जुन पुर्णतय नारीप्रधान फिल्म हो ।
August 12, 2018 11:39 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले