अशोक दर्जीलाई मिडियाले चाहिने भन्दा बढि पब्लिसिटी गर्दा रेखाको आपत्ति
हरेक क्षेत्रको जस्तै कलाकार र मिडियाको सम्बन्ध नङ र मासु जस्तै हुने गर्छ । तर यीनै मिडिया र कलाकारहरुबीचको लफडा पनि देखिँदै आएको छ । यसबीचमा कुनै समयकी चर्चित नायिका रेखा थापाले मिडियाप्रति निकै गुनासो र आक्रोस व्यक्त गरेकीछिन् । उनले आफुले हिट माथि हिट फिल्म दिएको र नायिकाहरु पनि नायक बन्न सक्छन् भनेर पुष्टी गर्दा पनि आफुलाई मिडियाले महानायिका र मेघास्टार बन्न आँट नगरेको बताईन ।
साथै उनले मिडियाले २ ३ हिट फिल्म दिँदैमा सुपरस्टार , मेघास्टार भनिएकोमा उनले आपत्ति जनाईन । उनले पछिल्लो समय नवकलाकार र अशोक दर्जीकै हकमा पनि मिडियाले चाहिने भन्दा बढि हाइप दिएको उनको भनाई छ । उनले भनिन् “हामी नव प्रबेशी चाहे कुनै पनि विधाको होस वा अशोक दर्जीकै सवालमा किन नहोस यसरी उचालिदिन्छौँ यो दुरुपयोग भएन र ???” उनी अगाडी भन्छिन “यसको साईकोलोजी भोली के हुन्छ यसको जिम्मेवारी कसले लिन्छ ? मिडिया जिम्मेवारी त हुँदैन” ।
प्रशंसा पाउँनु पर्नेले पाउँनु पर्ने र आलोचना गर्नु परे तथ्यसहित गर्नु पर्ने उनले बताईन । यी सब कुराहरुमा रेखाले बिषेशगरी अनमो केसीलाई केही मिडियाले मेघास्टार र सुपरस्टार भनेकोमा ठाडो आपत्ति जनाएकी थिईन । रेखा यतिबेला आफनो निर्माण र निर्देशन रहेको फिल्म ‘मालिका’ को काममा व्यस्त रहेकीछिन् जुन पुर्णतय नारीप्रधान फिल्म हो ।
August 12, 2018 11:39 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :