Tuesday 31st March 2026

प्रतिनिधिसभाको बैठक बस्दै : मौलिक हकसम्बन्धी विधेयकमा छलफल हुने

8 years अगाडी

काठमाडौ‌ं, २७ साउन । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । मौलिक हकसँग सम्बन्धित लगायतका विधेयकहरुका बारेमा आजको बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

असोज २ गतेभित्र मौलिक हक लगायतका विभिन्न ऐन जारी गर्नुपर्ने संवैधानिक बाध्यत्मक परिस्थिति रहेको छ । सोहिकारण सरकारले १४ वटा विधेयक संसदमा दर्ता गराएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगातार संसद अवरुद्ध गरेका कारण विधेयकमाथिको छलफल भने अघि बढ्न सकेको छैन । आजको बैठकमा भने मौलिक हक, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगायतमा छलफल गर्ने तयारी रहेको बताइएको छ ।

          August 12, 2018 12:12 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...