पहिलो पटक नेपाली खेलाडी आइसिसिको बरियतामा, कुन खेलाडी कति नम्बरमा ?
काठमाडौँ – पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् ।
ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश भएका हुन् । यसअघि यही साउन २३ गते आइसिसिले सार्वजनिक गरेको टी–२० बरियतामा कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका थिए । पारश ९०औं स्थान, शरद ९८औँ स्थानमा, वसन्त ७१औँ स्थानमा तथा सोमपाल ९२औँ स्थानमा परेका थिए ।
August 14, 2018 11:10 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :