नदी किनारमा फालिँदै आएका फोहर व्यवस्थित गरिँदै
पर्वत । लामो समयदेखि जङ्गल र नदी किनारमा फालिँदै आएको सदरमुकाम कुश्माबजारको फोहर व्यवस्थित गरिने भएको छ। कुश्मा बजारको फोहरलाई डम्पिङसाइड (फोहर व्यवस्थापन गर्ने ठाउँ) नचाहिने गरी व्यवस्थापन गर्न लागिएको हो। कुश्मा नगरपालिका र सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्रबीच फोहर व्यवस्थापन गर्नेबारे पाँच वर्षका लागि सम्झौता भएको छ।
अहिलेसम्म कुश्माको फोहर जङ्गल र नदी किनारमा फाल्ने गरिँदै आएको छ। कुहिने र नकुहिने फोहर एउटै ठाउँमा मिसाएर सङ्कलन गरिँदै आएको थियो।भदौपछि कुहिने र नकुहिने फोहर घरबाटै छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था गर्न लागिएको विकास केन्द्रका कार्यक्रम संयोजक टिकाराम भुसालले बताए। “कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गरिनेछ,” उनले भने।
उक्त मल तरकारी उत्पादन गर्न करेसाबारी र गमलामा प्रयोग गर्न सकिनेछ। उक्त मल उपभोक्तालाई निःशुल्क उपलब्ध गराइने भुसालले बताए। “नकुहिने फोहर खाल्डोमा गाड्ने तथा जलाएर नष्ट गर्छौँ,” उनले भने। फोहर व्यवस्थापन गर्न कुश्मा नगरपालिका-११ सिल्मीमा सात रोपनी जग्गा भाडामा लिइएको छ।सफा कुश्माका लागि सामूहिक अभियानले विगत १५ वर्षदेखि फोहर सङ्कलनको काम गर्दै आएको छ। गत वर्ष फोहर व्यवस्थापन गर्न नसकेपछि सो काम नगरपालिकालाई जिम्मा लगाइएको हो।
August 14, 2018 11:46 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै