

जानी राखौ,बिहिबार नागपंचमी, यसरी गर्नुहोस पुजा ? तपाईलाई मिल्नेछ यस्तो लाभ !

यसपटकको नागपंचमी बिहिबार मनाइदैंछ । यस दिनलाई हिन्दु धर्म मान्नेहरुले विशेष महत्वको साथ लिने गर्दछन । यस दिन नाग देवताको पुजा गर्नाले सबै खालका दुःख र रोग ब्यथाहरु नष्ट भएर जान्छन भन्ने धार्मिक विश्वास रहँदै आएको छ । नागपंचमी आफैंमा एक महत्वपुर्ण पर्व हो यसको उपासना र पुजाले मानिसले शान्ति समृद्धिजस्ता कुराहरु सहजै प्राप्त गर्न सक्ने विश्वास रही आएको छ ।
यो पटकको नागपंचमी सन १९८० पछिको सबैभन्दा महत्वपुर्ण बन्ने ज्योतिषहरुले बताएका छन । १६ अगस्ट अर्थात पर्सि बिहिबार हस्त नक्षत्र साध्य योग एवम कन्या राशिमा चन्द्रमा रहने भएको छ । सूर्य, राहु, बुधको कर्कट राशिमा प्रवेश गर्नेछ । यस दिन विशेष विधिको उपासना गरेर तपाईं सर्प दोषबाट मुक्त हुन सक्नुहुनेछ।
सबैभन्दा पहिले नाग पंचीको दिन,सर्पलाई तपाईले देवता को रूपमा पूजा गर्नुपर्छ भन्ने कुराको जानकारी हुनुपर्छ । यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजा गर्नुभन्दा पहिले बिहानै उठेर नुहाँउनुपर्छ अनी सुन,चाँदी अथवा तामाको नाग र नागिनको मुर्ति बनाउँनुपर्छ । मुर्ति बनाए पछि धुप,दिप नैवेद्य आदि बाट पंचोपचार वा पोडनशोपचारको उपासना गर्नुहोस् । यसरी पुजा गरिसके पछि सर्पको रुप धारण गरेका नाग नागिनलाई दूधले अभिषेक गर्नुपर्छ । अन्त्यमा पुजा गरे पछि नाग नागिनलाई कुनै पनि शिवलिगंमा चढाउनुपर्छ । यदि तपाई शिवपलर्गमा चढाउन सक्नुहुनन भने धातुबाट बनेको नाग नागिनलाई कुनै नदीमा लिएर बगाउन पनि सक्नहुन्छ ।
August 15, 2018 11:06 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

