Tuesday 31st March 2026

तनहुँमा बस र ट्रक आपसमा ठोक्किंदा सोह्र घाइते, पाँचको अवस्था गम्भिर

8 years अगाडी

तनहुँ, ३० साउन । बस र ट्रक आज एकापसमा ठोक्किंदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।

गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

          August 15, 2018 12:03 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...