मनाङ सडक तीन ठाउँमा अवरुद्ध, यात्रु अलपत्र
मनाङ। हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ। बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन्। मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध भएको हो। ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो। सवारी आवागमनको लागि बनाइएको काठको पुल अड्याउने पर्खाल खोलामा आएको बाढीले भत्काएपछि पुल नै कोल्टिएको हो । पुल कोल्टिएपछि सवारी आवागमन बन्द गरी मर्मत लिएको ङिस्याङ–१ का वडाध्यक्ष भुुजुङ गुरुङले जानकारी दिए।
यस्तै चामे गाउँपालिकाअन्तर्गत कोतो भन्ने स्थानमा पनि पहिरोले सडक भास्सिएपछि सवारी आवागमन बन्द भएको छ। सडक भास्सिने र पहिरो झर्ने क्रम नरोकिएकाले अझै केही दिन सडक बन्द रहने मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले जानकारी दिए। यसैगरी चामे गाउँपालिकाअन्तर्गतकै तिमाङ खोलामा आएको बाढीले पनि सडक अवरुद्ध भएको छ। मोटरेबल पुलको व्यवस्था नरहेको तिमाङखोलामा पानीको बहाव बढेपछि सवारी आवातजावत बन्द भएको हो।
जिल्लाकै तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रु निकै समस्यामा परेका छन् । माथिल्लो मनाङसम्म पुग्ने यात्रु तीन तीनवटा सवारी फेर्न बाध्य छन्। तिमाङभन्दा तल केही सवारी पाइए पनि माथिल्लो मनाङमा भने सवारी साधन पाउन मुश्किल भएको छ। सडक अवरुद्धका कारण सामान ढुवानी रोकिँदा मनाङका व्यवसायी थप समस्यामा परेका छन्।
August 16, 2018 12:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै